प्रथम खोटाङ दिक्तेल महोत्सव हुने
खोटाङ, माघ ६
खोटाङको दिक्तेलमा आयोजना हुने प्रथम खोटाङ दिक्तेल महोत्सवमा एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको छ । खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा आगामी फागुन २ गतेदेखि १२ गतेसम्म खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा महोत्सव हुनलागेको हो । ‘आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनका लागि पूर्वाधार’ भन्ने नाराका साथ जिल्लामै पहिलो पटक आयोजना गरिएको प्रथम खोटाङ महोत्सवमा जिल्लाभित्र रहेका पर्यटन क्षेत्र र संस्कृतिको प्रचारप्रसार, वन पैदावर, जडीबुटी, कृषि प्रविधि र उपजको बजारीकरण साथै व्यापार व्यवसायको प्रवद्र्धन गर्दै आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा स्थानीय कृषिउपज, जडीबुटी, हेन्डी क्राफ्ट, राष्ट्रिय कृषि प्रविधि, औद्योगिक सूचना प्रविधि, उत्पादन, बैंक तथा वित्तीय संस्था र सेवासम्बन्धी, अटोमोबाइल सवारीसाधन, फ्लोरिकल्चर र गार्मेन्टलगायतका सय बढी स्टलहरु रहने जनाइएको छ । महोत्सवमा खोटाङ जिल्लाका आदिवासीहरूको संस्कृति भेषभूषाहरुको प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, जातीय खानाको मौलिक परिकारहरूको बिक्री तथा प्रदर्शनी, विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको सम्मान कार्यक्रम, साथै महोत्सवलाई थप आकर्षक बनाउन पालिकास्तरीय दोहोरी प्रतियोगिता र खोटाङ आइडल नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको वाणिज्य संघले बताएको छ ।
महोत्सवको स्टल निर्माणका लागि एआईके ग्रुप काठमाडौँ व्यवस्थापकीय सहयोग गर्नेछ भने नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ नम्बर विराटनगर मुख्य सहयोगी रहनेछन् । महोत्सवले आन्तरिक बजार सबलीकरण गर्ने र निकासीयोग्य स्थानीय उत्पादनको बजारीकरण गर्न प्रचार–प्रसार गर्दै उच्चतम दिगो आर्थिक समृद्धि हासिल गर्नमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहको कार्यान्वयनसँगै साबिकको सदरमुकाम रहेको दिक्तेलबजारको खस्किँदो व्यापार–व्यवसायलाई पुनः जागृत गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने वाणिज्य संघले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया