सिर्जना फाइनान्सद्वारा संस्थापक सेयर रूपान्तरण
काठमाडौं ।
सिर्जना फाइनान्सले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार फाइनान्सले सात लाख ७० हजार दुई सय ६३ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो । सेयर रूपान्तरणपश्चात् फाइनान्समा संस्थापक र साधारण सेयरधनी समूहको अनुपात ५२ः४२ पुगेको छ ।
फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा छ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ८४ करोड ७४ लाख ३८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ४३ करोड ८४ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ८१ करोड ८७ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २८ करोड १२ लाख ४४ हजार सात सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा सात दशमलव ४३ प्रतिशत स्प्रेडदर रहेको फाइनान्सको वितरणयोग्य नाफा नौ करोड ९० लाख रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ३५ करोड ७४ लाख सात हजार नौ सय २६ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २३ करोड ६८ लाख ७९ हजार एक सय २३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ३६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया