सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल
काठमाडौं ।
सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । बैकको २०७८ जेठ २७ मा बसेको सञ्चालक समितिको तीन सय ४५औँ बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि नियुक्त गरेको थियो । उनी २०७८ वैशाख १८ गतेदेखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए ।
नेपालका विभिन्न बैंकहरु (स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एसिया बैंकमा साढे पाँच वर्ष, नबिल बैंकमा एक वर्ष र पछिल्लो दुुई वर्ष सिभिल बैंकमा २४ को वर्षको अनुभव र नेपालबाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु (स्ट्यान्डर्ड चार्टर्ड बैंक, अफगानिस्तानमा साढे तीन वर्ष, म्यान्मारको युनाइटेड अमारा बैंकमा एक वर्ष र म्यान्मारको एजीडी बैंकमा एक वर्ष) मा छ वर्ष समेत गरी कुल तीन दशक लामो बैंकिङ अनुभव छ ।
डिजिटाइजेसनको माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले बताए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा संगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पु-याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताउँदै बैंकले चालू आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको बताए । बैंकले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ८८ अर्ब ९४ करोड रुपैयाँँ निक्षेप र ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया