एनआईबीएल एस क्यापिटलमा लगानीको अवसर
काठमाडौं ।
एनआईबील एस क्यापिटल लिमिटडले लगानीको अवसार सार्वजनिक गरेको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्ड (खुलामुखी योजना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको हो ।
कम्पनीका अनुसार यो योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा समृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागी हुन न्यूनतम ३०० इकाइ अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ असार २० गते देखि २०७८ असार २४ गतेसम्म मात्र लागू हुनेछ । कम्पनीका अनुसार यो योजनाको नतिजा २०७८ साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिनेछ । योग्य सहभागीहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र शर्तहरुअनुसार पुरस्कार वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया