एनआईसी एसिया बैंकबाट इ–सेवामा हालेको पैसा गायब
काठमाडौँ ।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्दै विज्ञापनले आमजनतालाई मग्न बनाउन सफल एनआईसी एसिया बैंकको फेरि अर्को ठगी धन्दा बाहिर आएको छ ।हालेको ब्यालेन्स खाताबाटै हराउने त कहिले विभिन्न शुल्कको नाममा विना जानकारी खाताबाट पैसा काटेको भन्ने व्यापक गुनासो आउने गरेको बैंकहरूको सूचीमा एनआईसी एसिया बैंक सधैँ अग्रस्थानमा रहँदै आएको छ ।
गत असार १६ गते ग्राहकहरूले एनआईसी एसिया बैंकको कुलेश्वर शाखाबाट इ–सेवामा नगद ५–५ हजारका दरले हालेको पैसा पाँच दिन हुँदा समेत खातामा नपठाएपछि बैंकको अर्को कालो कर्तुत सार्वजनिक भएको हो । सामान्यतया बैंकबाट इ–सेवामा हालेको पैसा तत्कालै जाने गर्दछ तर एनआईसी बैंकलाई पटक–पटक भन्दा समेत खातामा पैसा हाल्दिसकेको भन्ने गैरजिम्मेवार जवाफ दिएपछि पीडित सहयोगको लागि आर्थिक दैनिकको सम्पर्कमा आएका थिए ।
उनीहरूले भने, ‘एनआईसी एसिया बैंकलाई बैंक पनि साथी पनि भन्ने गरिन्थ्यो होइन रहेछ यो त बैंक पनि ठग पनि पो रहेछ ।’ आफूहरूले बैंकलाई पटक–पटक जानकारी दिँदा समेत पैसा खातामा नहालिदिएको गुनासो पीडितहरूको थियो । प्रविधिको जमानामा सरकारी सेवाहरूको पैसा तिर्न हरेक कार्यालय जानुभन्दा पैसा इ–सेवामा लोड गरेर त्यहीँबाट बिजुली धारा आदिको पैसा बुझाउन भनेका थिए । तर उल्टो दुःख पाएको पीडितहरूको गुनासो थियो ।
बैंकमार्फत हालेको पैसा इ–सेवाको आफ्नो खातामा नगएपछि इ–सेवालाई सम्पर्क गर्दा इ–सेवाले समेत एनआईसी बैंकबाट हालेको पैसा यस्तै हुन्छ भन्ने जवाफ दिएको पीडितहरूले बताए । पीडितहरूको गुनासोपछि आर्थिक दैनिकले एनआईसी एसिया बैंक कुलेश्वर शाखा प्रमुख शैलेश रावलसँग सम्पर्क गर्दा रावलले आफूलाई यो कुरा थाहा नभएको र शाखाकै अपरेसन शाखामा सम्पर्क गर्नु भनेर गैरजिम्मेवार जवाफ दिए ।
शाखामा सम्पर्क गर्दा शाखामा कार्यरत एलिना नाम बताउने कर्मचारीले बेलुकासम्म ‘हामी मिलाइदिन्छौँ’ भन्ने जवाफ दिइन् । पाँच दिनसम्म किन पैसा इ–सेवामा गएन भन्ने प्रश्नमा शाखाकी कर्मचारी एलिनाले आफ्नो शाखाबाट पैसा हालेको भए पनि के भएको हो भन्ने जवाफ आफ्नो शाखाले दिन नसक्ने र मुख्य कार्यालयमा सम्पर्क गर्नु भन्ने गैरजिम्मेवार उत्तर दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया