काठमाडौं ।
कोभिड १९ का कारण स्थगन हुनपुगेको दक्षिण कोरियाली रोजगारी सुचारु गर्न कोरियाली पक्ष सकारात्मक भएको छ । रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली युवाहरु कोभिडका कारण २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन् । योसँगै १५ महिनापछि कोरिया रोजगारी सुचारु गर्न कोरियाली पक्ष अघि बढेको हो । स्वास्थ्य मापदण्ड पूरा गरी आफूहरु कोरिया पठाउन तयार रहेको नेपाल सरकारले बताउँदै आए पनि यसअघि कोरियाली सरकारले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।
वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भटराईले नेपाली युवाहरु लैजानको लागि कोरियाली पक्षले छलफल अघि बढेको बताए । ‘अहिलेको अवस्थामा स्वास्थ्यका मापदण्ड लगायतका विषयलाई अघि सार्दै कोरियाली पक्षले छलफल अघि बढाएको छ’, उनले भने, ‘कहिले लैजाने भन्ने विषयमा भने टुंगो लाग्न सकेन ।’
यद्यपि पछिल्लो समय कोरियाली सरकारले युवाहरु लैजान सुचारु नगरेको विषयलाई लिएर नेपाली पक्ष अनभिज्ञ छ । ‘हामीले स्वास्थ्यका मापदण्ड तथा कोरियाले अघि सार्ने मापदण्डलाई अपनाएर अघि बढ्ने बताउँदा पनि कोरियाली पक्षले मौनता साँध्नुले नेपाली पक्ष अन्योलमा परेको छ’, उनले भने । छलफल अघि बढेसँगै कोरियाली पक्षले युवाहरु लैजानको लागि विमान पठाउने, खोप अनिवार्य र कोरिया पुगेपछि क्वारेन्टाइन बस्नुपर्ने लगायतका शर्तहरु अघि सारेको निर्देशक भटराईले बताए ।
‘दुई पक्षबीच भएको छलफल निष्कर्षमा नपुग्दा कोरिया जान पाउने मितिबारे भने खुलाउन सकिने अवस्था छैन’, उनले आर्थिक दैनिकसँग भने, ‘हामीहरुको प्रयास जारी छ । छलफलबाट समाधान खोज्नेछौँ । अबको समयमा कोरिया रोजगारी रोक्नु अर्थपूर्ण छैन ।’ कोभिडकै कारण यसअघि नेपाली पक्षले रोष्टरमा रहेका युवाहरुको लागि म्याद थप गर्न कोरियाली पक्षसँग आग्रह गरेको थियो भने सो विषयमा समेत कुनै निष्कर्ष आउनसकेको छैन ।
विभागले भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा रहेका करिब ११ हजार जना युवाहरुको म्याद थप गर्न गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालयअन्तर्गत रहेको मानव संसाधन विकास सेवा (एचआरडी) लाई जानकारी गराएको थियो । कोरिया रोजगारीमा जाने विषयमा प्रक्रिया नै रोकिएको अवस्था भएको हुँदा जान पाउने, नपाउने विषयमा अन्योल छाएको थियो । कोभिडका कारण कोरियाली सरकारले कडाइ गर्दा नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारहरु मारमा परेको कोरियाली पक्षले नेपाली पक्षलाई जानकारी गराउँदै आएको छ ।
कोरियाली रोजगारी खुला भएको अवस्थामा भने दुई मुलुकबीच भएको समझादारी पत्र (एमओयू) अनुरुप नै कोरियाली पक्ष अघि बढ्न चाहेको जानकारी गराएको छ । कोरियाली रोजगारी सहज नहुँदा गत तीन वर्षमा भाषा परीक्षा उत्तीर्ण गरेर बसेका युवाहरु कोरिया जाने पर्खाइमा बसेका छन् भने तीमध्ये केहीको म्याद भने गुज्रेको हुनसक्ने आकलन गरिएको छ ।
सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेर रोष्टरमा बसेका युवाहरुको अवधि समाप्त भएको हुनसक्छ भने त्यसपछिका युवाहरु भने कोरिया जाने पर्खाइमा बसेका छन् । यता सन् २०२१ का लागि कोरियाले ५२ हजार जान आप्रवासी कामदार लिने सार्वजनिक रुपमा बताउँदै आएको छ । सन् २००८ देखि युवाहरु कोरिया जाने गरेका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया