काठमाडौं । सिभिल बैंक लिमिटेडले कोभिड–१९ प्रभावित विपन्न समुदायको लागि मानवीय सहयोग कार्यक्रम सरोकारवालाहरू हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवीमञ्च नेपालसँग आज एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
कोभिड–१९ कोपहिलो लहरले स्वास्थ्य तथा आर्थिक रूपमा कठिनाइ भोगिरहेका डोम, चमार र मुसहरजस्ता विपन्न समुदाय पुनस्र्थापित र तङ्ग्रीन लागि रहेको अवस्थामा पुनः दोस्रो लहरले थप कष्टकर बनायो ।
कोभिड –१९ ले कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुको साथसाथै दैनिक ज्याला मजदुरी गरी घर खर्च चलाउनु पर्ने समुदायलाई आधारभूत सेवा सुविधाहरूको पहुँचमा समेत कमी हुनआएको छ ।
त्यसले पारेको प्रभावलाई न्यूनीकरण गर्ने अभिप्रायबाट हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले कोभिडबाट प्रभावित क्षिरेस्वरनाथ नगरपालिकाका अति विपन्न समुदाय (मुसहर, चमार र डोम)का आधारभूत आवश्यकतालाई सम्बोधन गर्नका लागि र तिनै विपन्न घरपरिवारको जीविकोपार्जनमा तत्काल टेवा पु-याउने उद्देश्यले क्षिरेश्वरनाथ नगरपालिकामा छनोट भएका एक हजार दुई सय ५० घरधुरीलाई जिविकोपार्जनमा तत्कालका समस्या सम्बोधन गर्नका लागि अनुदान सहयोग प्रति घरधुरी रकम २० हजारका दरले भुक्तानी गर्ने कार्यमा संलग्न रहनेछ ।
सिभिल बैंकले छनोट भएका लाभान्वित परिवारहरू खास गरी महिला सदस्यहरूको लागि उनीहरूको घरदैलोमै गई सहजरूपमा व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछ । साथै बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरता सम्बन्धित अभियान पनि सञ्चालन गरिने बताएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया