काठमाडौं । एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीजीसीओद्वारा टीभीएस एनटीओआरक्यूएस सुपर स्क्वाड इडिसनको सहकार्यमा उक्त इस्पोटर्स प्रतियोगिता भएको थियो । २० दिनको अवधिमा दर्ता गरिएका देशभरका छ सय ६० भन्दा बढी टोलीले प्रतियोगितामा टीभीएस एनटर्क स्कुटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता जगदम्बा मोटर्स–टीभीएसले नेपाली गेमिङ समुदायलाई सहयोग पु-याउन आरम्भ गरेको हो । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने, ‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको इस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेटजगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पु-याएको छ ।’ यो प्रतियोगिता जुन १ मा सुरू भई जुलाई १६ मा समाप्त भएको हो । फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६ जना) सामेल थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो ।
कार्यक्रमको ढाँचा क्वालिफायर, क्वार्टर–फाइनल, सेमी फाइनल र फाइनल गरी मिलाइएको थियो । जुन सबै अनलाइन टुर्नामेन्टहरू थिए । टोलीहरू फरक सीप स्तरका थिए र तीन भाग्यशाली विजेताले टीभीएस एनटीओआरक्यूएस सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भए । इन्भेनसिबल रेड टिमको विजेता प्ले विथ परपोड, कम्बड ब्लु टिमको विजेता डेडजेज गाइज र स्टिल्थ ब्ल्याक टिमको विजेता डा. रियल सोलाडिरिज क्रमशः जित्न सफल भए । प्रतिस्पर्धा ४५ दिनको अवधिमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया