फर्ष्ट माइक्रोफाइनान्सको खुद मुनाफा १४ करोड १५ लाख
काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड ९७ लाख २८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले यस आर्थिक वर्षमा आठ अर्ब २० करोड ४१ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७५ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले पाँच अर्ब ५४ करोड २७ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ४१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ लाख ३२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया