काठमाडौं । जीवन बीमा व्यवसायमा नेसनल लाइफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको जानकारी दिएको छ । प्रथम बीमा शुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनीमध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेसनल लाइफ दोस्रो स्थानमा उक्लिएको जानकारी दिएको हो ।
कुल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्बभन्दा माथि पु-याउन सफल भएको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको स्टाटस नै तलमाथि हुनेगरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन् । बीमासमितिको सूत्रअनुसार एलआईसी नेपालको प्रथम बीमा शुल्क तीन अर्ब ५५ करोड आर्जन गरी तेस्रो स्थानमा रहेको छ भने युनियन लाइफको तीन अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशतभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो । त्यस्तै, नवीकरण बीमाशुल्क समेत उल्लेख्यरूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो ।
सबै वित्तीय सूचकांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अब नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो । सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अर्ब ८४ करोड कुल बीमा शुल्क आम्दानी गरेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया