मैलुङ खोला जलविद्युुत् कम्पनीले सात करोड ३६ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने
काठमाडौं । मैलुङ खोला जलविद्युुत् कम्पनीले सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नेभएको छ । कम्पनीले यही साउन १४ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री गरिने कुल सेयरमध्येमा दुई प्रतिशत अर्थात् १४ हजार सात सय २६ कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन हजार छ सय ८४ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी छ लाख ८४ हजार सात सय ४६ कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ ।
सिद्धार्थ क्यापिटलमार्फत बिक्री खुला हुने कम्पनीको सेयर बिक्री कार्य यही साउन १४ गतेबाट खुला भई छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । अधिकृत पुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुँजी २९ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार चार सय रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया