सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई सहयोग
काठमाण्डौँ,माघ ८
सिद्धार्थ बैंकले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मंगलबार टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम, बैंकको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक स्वस्तिका श्रेष्ठज्यूलाई एक समारोहका बीच प्रदान गरेका हुुन् ।बैंकले ग्रामीण जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । उक्त रकम टिच फर नेपालले विभिन्न ग्रामीण जिल्लाका सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान कार्यका लागि उपयोग गर्नेछ ।
यस अभियानअन्तर्गत संस्थाले देशका विभिन्न ग्रामीण जिल्लाको सार्वजनिक विद्यालयका बालबालिकाहरूलाई २ वर्षका लागि स्वयंमसेवी शिक्षकमार्फत गणित, विज्ञान र अंग्रेजी विषयमा अध्यापन गराउनेछ । यसबाट ग्रामीण जिल्लामा रहेका बालबालिकाहरूले गुणस्तरीय शिक्षाको अवसर पाउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (चार वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एउटा शाखारहित बैंकिङ सेवा, दुुई सयवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया