ऐतिहासिक चुरियामाई सुरुङ मार्ग पुनर्निर्माणको शिलान्यास
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश र प्रदेश नं २ को सिमानामा रहेको ऐतिहासिक चुरियामाई सुरुङमार्ग पुनर्निर्माणको शिलान्यास गरेका छन् । चन्द्र शमशेरको पालामा एक सय चार वर्षअघि निर्माण भएको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताए ।
पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको उनको भनाइ थियो । उनले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने समेत दाबी गरे । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले सुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने बताए । मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत् गृहलगायतका देशका शानहरूको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिएको उनले स्मरण गरे । उनले सुरुङ निर्माणमा प्रदेश २ सरकारको पनि सहकार्य हुनेमा विश्वास व्यक्त गरे ।
एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ । एक सय ९८ मिटर लम्बाइ, २ दशमलव ५ मिटर चौडाइ र तीन मिटर उचाइ रहेको सो सुरुङको मर्मतकार्य २०७९ वैशाख १९ सम्म सम्पन्न गर्नेगरी वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालय र माउन्टेन इन्फ्रा कम्पनीबीच सम्झौता भएको छ । पुरानो संरचना नबिग्रने गरी पुनर्निर्माण गर्न लागिएको सो सुरुङमार्गमा पुरातात्विक विभागको पनि समन्वय रहेको छ ।
वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जे एन थपलिया, मकवानपुर जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिका प्रमुख हरिबोल महत, भौतिक सचिव सञ्जिव बराल––लगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया