वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई
काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मत चयन भएका छन् । समाजको आइतबार सम्पन्न १२औँ साधारणसभाले आगामी कार्यकालका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
रोजगार मिडियामा आबद्ध भट्टराई यसअघि समाजको वरिष्ठ उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे (रेडियो कान्तिपुर), उपाध्यक्षमा रेशमराज पौडेल (मध्यान्ह दैनिक), महासचिवमा केशव भूल (नेपाल प्रेस), सचिवमा निर्मला घिमिरे (सेतोपाटी), कोषाध्यक्षमा मनुका कुँवर (रेडियो नेपाल) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा अरिश्मा मोक्तान (क्लिकमाण्डु), अमिर लामा (आर्थिक प्लस), प्रवीन राउत (आर्थिक दैनिक) र सुरेन्द्र बजगाई (उकेरा)चयन भएका छन् भने सल्लाहकारहरुमा मदन कुमार श्रेष्ठ, रुद्र खड्का, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया