शुन्य दसमलव २७ अंकले उकालो लाग्यो सेयर बजार
काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ७१ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार भने शुन्य दसमलव २७ अंकले उकालो लागेर दुई हजार नौ सय ४७ दसमलव ६९ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५५ अंकले उकालो लागेर पाँच सय ४८ दसमलव ८७ बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खदिर बिक्री भएका छन् । जसअन्तर्गत ९३ हजार दुई सय १८ पटकको कारोवारमा एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर किनबे भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सात वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । सो मध्ये बाणिज्य बैंक, बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र फाईनान्स उपसमुहहरुको सुचक उकालो लागेका छन् भने जलबिद्युत, लघुबित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया