वेस्टर्न युनियनको ‘क्यास उत्सव’
काठमाडौं । दशैँ र तिहारको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रवद्र्धन योजना ल्याएको छ । यस योजनाअनुसार ग्राहकहरुले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।
यो प्रवर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका सातवटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता पाँच जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ जित्नेछन् ।
यसबाहेक, प्रवर्द्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा एक जना भाग्यशाली विजेताले नगद पाँच लाख रुपैयाँ जित्न सक्नेछन् । हरेक उपहार रकममा नेपाल सरकारको नियमबमोजिम २५ प्रतिशत करकट्टा गरी भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया