नेपाल बंगलादेश क्यापिटल र तेह्रथुम पावरबीच सम्झौता
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रूपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच यही भदौ ३१ गते बिहीबारका दिन द्विपक्षीय सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।
सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुुन् । हाल तेह्रथुम पावरको प्राथमिक सेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पुँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ । चुक्ता पुुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात् २८ करोड रकम संस्थापकहरूबाट र बाँकी ३० प्रतिशत अर्थात् १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू समेत) नेपाली नागरिकहरूबाट कम्पनीको पुँजी उठाइएको छ ।
अब चाँडोभन्दा चाँडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया