अक्टोबरदेखि फेरि कोभिड–१९ खोप निर्यात थाल्दै भारत
नँया दिल्ली ।भारतले कोभिड–१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने निर्णय गरेको छ । यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिन मैत्री’ पुनः आरम्भ गर्नेछ । यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभाक्स अन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उनले बताए ।
‘भ्याक्सिन मैत्री’ अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौँ र चौथो त्रैमासिकदेखि कोभाक्समा योगदान गर्नेछौँ’, माण्डभियाले भने, ‘अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्व बजारमा जानेछ ।’स्वास्थ्यमन्त्रीले यस वर्षको चौथो त्रैमासिकको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुने बताए । भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार सात सय ७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।
तथ्यांकअनुसार एक करोड तीन लाख ६९ हजार तीन सय ८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार एक सय सात जनाले दुवै मात्रा खोप लगाएका छन् । खोप लगाउने अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार पाँच सय ९३ जनाले खोपका दुबै मात्रा लगाइसकेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले मंगलबार कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गरेका छन् । विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्वपूर्ण हुने उनले बताए ।स्वामीनाथनले ट्वीटमार्फत सम्प्रेषित सन्देशमा भने, ‘कोभिड–१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ । विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्वपूर्ण हुनेछ ।’
क्याटेगोरी : विश्व बजार, समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया