एकै महिनामा अर्ब बढीको बोनस सेयर सूचीकृत
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा चालू आर्थिक वर्षको एक महिनाको अवधिमा एक अर्ब सात करोड १९ लाख सात हजार पाँच सय ९५ रुपैयाँ ५० पैसाबराबरको बोनस सेयर सूचीकृत भएको छ । बोर्डका अनुसार पछिल्लो समय अर्थात यही साउन तीन गते देखि साउन २८ गते गतेसम्ममा जलबिद्युत कम्पनी, बीमा, लघुवित्त र फाइनान्स सहितका १३ वटा कम्पनीहरूको कुल एक करोड सात लाख १९ हजार ७५ दशमलव ९६ कित्ता बोनस सेयर नियमित कारोवारको लागि सूचीकृत भएको हो ।
बोर्डका अनुसार सबैभन्दा पछिल्लो पटक नागरिक लगानी कोषको नौ प्रतिशतको अनुपातमा २७ करोड रुपैयाँबराबरको २७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको पनि पाँच प्रतिशतको अनुपातमा पाँच करोड ७० लाख ९० हजार रुपैयाँबराबरको पाँच लाख ७० हजार नौ सय कित्ता सेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको पनि आठ प्रतिशतको अनुपातमा तीन करोड ६५ लाख ८३ हजार पाँच सय २४ रुपैयाँबराबरको तीन करोड ६५ लाख आठ सय ३५ दशमलव २४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । राधी जलविद्युत् कम्पनीको १७ करोड २८ लाख ४८ हजार एक सय २२ रुपैयाँबराबरको १७ लाख २८ हजार चार सय ८१ दशमलव २३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सबैको लघुवित्त वित्तीय संस्थाको पनि एक करोड ९५ लाख ७७ हजार दुई सय ५० रुपैयाँबराबरको एक लाख ९५ हजार सात सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको पनि पछिल्लो अवधिमा आठ करोड ३२ लाख ४१ हजार छ सय छ रुपैयाँबराबरको आठ लाख ३२ हजार चार सय १६ दशमलव छ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बोर्डका अनुसार मिथिला लघुवित्त वित्तीय संस्थाको भने एक करोड ४८ लाख आठ हजार नौ सय एक रुपैयाँबराबरको एक लाख ४८ हजार ८९ दशमलव एक कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको पनि ८० लाख १४ हजार दुई सय २८ रुपैयाँबराबरको ८० हजार एक सय ४२ दमसलव २८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीको भने पछिल्लोपटक आठ करोड २१ लाख १४ हजार पाँच सय रुपैयाँबराबरको आठ लाख २१ हजार एक सय ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पनि १२ करोड ५१ लाख तीन हजार आठ सय ५० रुपैयाँबराबरको १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार पछिल्लो पटक सबैको लघुवित्त वित्तीय संस्थाको १० दशमलव पाँच प्रतिशतको अनुपातमा एक लाख ९५ हजार सात सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया