कामना सेवाको केएस डिजी डिजिटल वालेट
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरूको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरूमा नै पहिलो पटक सञ्चालनमा ल्याएको छ । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरूले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरू अपलोड गरी केएस डिजी डिजिटल वालेट खोल्न सक्ने बैंकले जानकारी दिएको छ ।
हिजो एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको शुभारम्भ गरे हो । यस डिजिटल वालेट खोल्न एपमा अनुुहार पहिचान गर्नसक्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग भएको छ । साथै, एकाउन्ट ओपनिङ लोन एप्लिकेसन, इन्टर अपरेवल क्यूआर एम क्यासलगायतका बैंकिङ सेवा तथा सुविधाहरू रहेका छन् ।
काठमाडौँ –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा एक सय २९ वटा शाखा, एउटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकहरूलाई आफ्नो सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आफूलाई डिजिटल बैंकिङ सेवाहरूमा अब्वल बैंकको रूपमा स्थापित गर्ने उद्देश्य रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया