विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा
काठमाडौं । सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखाको समुद्घाटन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले संयुक्तरूपमा गरेका हुुन् ।
समुद्घाटन समारोहमा महजोडीले विराटनगरको कञ्चनबारीमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन् र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय छवटा शाखा कार्यालय र ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
बैंकले आर्थिक वर्ष २०७७–०७८ मा दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय ४२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्ले आवकोे सोही अवधिमा भने बैंककोे यस्तो नाफा एक अर्ब ७७ करोड ६२ लाख ६४ हजार पाँच सय २४ रुपैयाँ रहेको थियो । बैंकले आव २०७७–०७८ मा एक खर्ब २८ अर्ब ४२ करोड ५८ लाख ६७ हजार एक सय ८१ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ९८ करोड ८३ लाख ३७ हजार एक सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २७ करोड ६४ लाख ९४ हजार चार सय २६ रुपैयाँ रहेको बैंकमा शून्य दशमलव १६ प्रतिशत कर्जा निष्क्रिय छ । सो अवधिमा तीन दशमलव ७३ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ६८ करोड ९८ लाख १६ हजार एक सय नौ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब सात अर्ब २५ करोड दुई लाख दुई हजार छ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ८५ करोड तीन लाख ५१ हजार तीन सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब १८ करोड ९६ लाख ९४ हजार तीन सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ४७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया