आईएमई–पेको दशैँ अफर, हवाइ टिकट खरिदमा ५० प्रतिशत क्यास ब्याक
काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई–पे’ को दशैँको झट्का स्कीम सार्वजनिक गरेको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको छ । यस स्किमअन्तर्गत तपाईँको आईएमई–पे वालेटबाट हवाइ टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ । क्यासव्याकको सीमा दुुई हजार रुपैयाँसम्मको रहेको छ भने यो अफर मात्र पहिलो एक सय खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्लैश बिक्रीको समयमा उपलब्ध गराइनेछ ।
उक्त अवसरमा बोल्दै आईएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटालेहवाई टिकट ‘आईएमई–पे’को भुक्तानी सेवासँगै तीन दिनको लागि ५० प्रतिशत क्यास ब्याकको योजना पनि सुरु भएको हुँदा आईएमई–पेबाट भुक्तानी गरी सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए । यो स्किम आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा ल्याइएको हो र सदाझैँ यो स्किममा पनि नियम र सर्तहरू लागू हुनेछन् । सबै प्रयोगकर्ताहरू आईएमई–पेको माध्यमबाट हवाई टिकट खरिदमा फ्लैश बिक्री क्यासब्याकको लागि योग्य छन् । आईएमई–पे प्रयोगकर्ताले हवाइ टिकट खरिद गरेको २४ घण्टाभित्र क्यासब्याक प्राप्त गर्नुहुनेछ । यो स्किममा आईएमई–पे पञ्जीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया