मेगा बैंकद्वारा रौतहटका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम प्रदान
काठमाडौं । मेगा बैंकले रौतहटका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रूपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरूलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।
बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरूलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरूको बारेमा जानकारी प्रदान गरेको हो । बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रूपमा रहेको गुजरा, रौतहटका किसानहरूलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तरक्रिया समेत गरेको छ ।
कार्यक्रममा बैंकका माइक्रो बैंकिङ विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा सुविधाहरू, बचत, ऋण, रेमिटान्स, बचत गर्ने उपायहरू, बचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिएका थिए । नेपाल कृषिप्रधान देश भए पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्नसके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरूको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरूले जोड दिए ।
उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ । साथै, मेगा बैंकले कृषकहरूलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ ।
किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीउ, मल, किटनाशक औषधिलगायतका सामानहरू तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरूबाट खरिद गर्न सक्नेछन् । किसान कार्ड मेगा बैंकले कृषकहरूलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरूलाई बैंकिङ साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ । उत्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरूको उत्पादन उर्बर बजारमार्फत उपभोक्ता समक्ष पहुँच पु-याउने बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया