कुमारी बैंक र सारथि होटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रेको धुलिखेलस्थित एक प्रसिद्ध होटल, सारथि होटल प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकवर्गले सोही होटलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १० प्रतिशत देखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा ऊर्जा पूणर्जागरणका लागि विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र दैनिक जीवनको कार्यव्यस्तताबाट राहतको लागि सो होटलको बसाइ सेवाग्राहीका लागि लाभदायक हुनेमा विश्वस्त रही कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत सारथि होटलको विभिन्न सेवाहरूमा बैंकको डेबिट, क्रेडिट कार्डवाहकहरूलाई आकर्षक छुटको व्यवस्था गरेको हो । सो सम्झौतापत्रमा कुमारी बैंक लिमिटेड बनेपा शाखाकी शाखा प्रबन्धक श्रीमती नवीना वैद्यले तथा सारथि होटलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ६५ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्यधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया