साधना लघुवित्तको ९३औँ शाखा काठमाडौँमा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औँ शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा यही शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् ।
नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौँ उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्नेभएको छ । वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ३१ प्रतिशत गरी जम्मा २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यही कात्तिक १३ गते पाँचौँ वार्षिक साधारणसभा समेत डाकेको छ । राष्ट्रियस्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरूमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया