Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तद्वारा मृतक ग्राहकको परिवारलाई क्षतिपूर्ति

घरेलु लघुवित्तद्वारा मृतक ग्राहकको परिवारलाई क्षतिपूर्ति


काठमाडौं, माघ १५
काभ्रेको बनेपास्थित घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य श्रीमती माइली कामीको मृत्युपश्चात् उनका श्रीमान् डिलबहादुर कामीलाई एक कार्यक्रमका बीच बीमाको क्षतिपूर्ति रकम वितरण गरेको छ । निज सदस्य श्रीमती माइली कामीले संस्थाको नियमानुसार संस्थाबाट एक लाख रूपैयाँ कर्जा लिएकोमा निजको मृत्युपश्चात् संस्थाले कर्जा बीमाअन्तर्गत आफ्नो नियमानुसार लिनुपर्ने कर्जाको सावा र ब्याज रकम मिनाहा गरेको र काजकिरिया खर्च १० हजारबराबरका दिने व्यवस्थाअनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र उनीहरूलाई आपत्कालीन अवस्थामा टेवा पु-याउने उद्देश्यअनुरूप विभिन्न कार्यक्रम तथा सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोगस्वरूप रकम हस्तान्तरण गरेकोमा समूहका सम्पूर्ण सदस्यहरूले संस्थालाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा शाखाका तर्फबाट शाखा प्रबन्धक तुल्सीराम भट्टराई तथा कर्मचारी रामप्रसाद पन्त र ललिता ढुंगानाको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x