आईएमई जनरलले पायो एसियाकै ‘बेष्ट इम्प्लोयर अवार्ड’
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ‘एसियाज बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ प्राप्त गरेको छ । कम्पनीका अनुसार ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आईएमई जनरलले उक्त अवार्ड प्राप्त गरेको हो ।
उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले इम्प्लोई ब्राण्डिङ इन्सिच्युट, वर्ल्ड एचआरडी कंग्रेस र अन्य रणनीतिक साझेदारहरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आआफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय, सम्पूर्ण सञ्चारजगत्लगायत सबैमा कृतज्ञतासहित धन्यवाद ज्ञापन गरे ।
उक्त समारोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिष्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदाझैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आईएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया