एभरेष्ट बैंकको रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति बैंकका अधिकांश कर्मचारीहरुका साथै ग्राहकले सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी एक सयभन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् । यसै कार्यक्रमको सिलसिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्झौतापत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट गरिएको थियो । यसै अवसरमा बैंकले बानेश्वरस्थित शाखाका एक जना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो । बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
बैंकले देशैभरि छरिएर रहेको आफ्नो एक सय पाँच वटा शाखा सञ्जाल, एक सय ३८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यसैगरी बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया