घरेलु तथा साना उद्योग सोलुमा ७० प्रतिशत कृषि तथा वनजन्य उद्योग दर्ता
सोलुखुम्बु । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दर्ता भएका उद्योगमध्ये ७० प्रतिशत कृषि तथा वनजन्य रहेका छन् ।
चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असोजसम्म जिल्लामा दर्ता भएका एक सय ५९ ओटा नयाँ उद्योगमध्ये एक सय ११ वटा अर्थात् ७० प्रतिशत कृषि तथा वनजन्य रहेको घरेलु तथा साना उद्योग कार्यालय सोलुले जनाएको छ । तीन महिनाको अवधिमा साउन महिनामा ५३ वटा, भदौमा ६६ र असोजमा ४० वटा उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिइन् ।
उनका अनुसार कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने अधिकांश युवा अवस्थाका रहेका छन् । उनीहरूमध्ये कतिपय वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू रहेको कार्यालयको तथ्यांक छ । जसबाट चार लाख ८८ हजार आठ सय रुपैयाँ राजस्व समेत संकलन भएको सूचना अधिकारी राईले बताइन् । तीन महिनाको अवधीमा ५९ वटा उद्योग नवीकरण पनि भएको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया