एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वाँर
काठमाडौं । एनआईसी एसिया बैंकले स्वतन्त्र सञ्चालकमा विजया स्वाँरलाई नियुक्त गरेको छ । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्षभन्दा बढी अवधिको कार्यअनुभव सँगालेकी स्वाँरलाई बैंकले स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको बैंठकले सोही दिनदेखि लागू हुनेगरी उनलाई उक्त पदमा नियुक्ति गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथग्रहण समेत लिएकी छन् ।
फिलिपिन्सको एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी स्वाँर कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ सेवा सुरु गरी सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिई । बैंकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएको अवसरमा स्वारलाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया