Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको १७औँ साधारणसभा

सानिमा बैंकको १७औँ साधारणसभा


काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार आफ्नो १७औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरू अपनाई सेयरधनीहरूको उपस्थितिमा बैठक सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ । साथै अधिकतम सेयरधनीहरूको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि बैंकले गरेको थियो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशवप्रसाद आचार्य १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । बैंकका अनुसार तुकप्रसाद पौडेल र श्रीमती गायत्री थापा भने पुनः निर्वाचित भएका हुन् ।

आर्थिक वर्ष २०७७-७८ मा दुई अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । कुल निक्षेप एक खर्ब ३० अर्ब ८८ करोठ तथा खुद कर्जा सापटी एक खर्ब २३ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६-७७को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १८ दशमलव ८८, ३१ दशमलव ४५ र २७ दशमलव २६ प्रतिशतले वृद्धि गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया