राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा डा. बलराम पाठक
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा डा. बलराम पाठक नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. बलराम पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा. बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उहाँलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकको रूपमा कार्य गरेको अनुभव रहेको छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेसामा आबद्ध रहेका छन् ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलयायत उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया