अमेरिका । विद्युतीय कार निर्माता कम्पनी रिभियन सेयरबजारमा प्रवेश गरेलगत्तै एक खर्ब अमेरिकी डलर मूल्यवान् कम्पनी बनेको छ । बुधबारदेखि सेयरबजार छिरेको यो कम्पनीको सेयर पहिलो दिनको कारोबारमै ३० प्रतिशतले बढेको हो ।
विद्युतीय भ्यान, पिकअप र एसयूभीहरु विकास गरिरहेको कम्पनी स्टार्टअप कम्पनी रिभियनलाई टेस्लापछि अमेरिकामा सर्वाधिक मूल्यवान् कम्पनी बनाइदिएको छ । बीबीसीका अनुसार रिभियनले आफ्नो पहिलो विद्युतीय पिकअप ट्रक गत सेप्टेम्बरदेखि ग्राहकलाई डेलिभरी गरेको थियो ।
विगत दुई वर्षयता कम्पनीले दुई अर्ब डलर घाटा व्यहोरेको थियो । तर अहिले कम्पनीले लगानीकर्तालाई आकर्षित गरिरहेको छ । यसलाई अनलाइन बिक्रेता अमेजनले पनि सहयोग गरेको छ । मंगलबार कम्पनीले लगानीकर्ताबाट ११ अर्ब ९० करोड डलर उठाएको थियो । लगानीकर्ताहरुले प्रतिकित्ता ७८ अमेरिकी डलरमा सेयर किनेका थिए । जुन कम्पनीले सोचेभन्दा माथिको दर हो ।
रिभियनलाई एलन मस्कको टेस्लासँग तुलना समेत गर्न थालिएको छ । टेस्ला त्यस्तो कार हो जसले विद्युतीय कारहरुको बजारलाई परिवर्तन गरिदिएको छ । रिभियनले अहिले नै फोर्ड र जनरल मोटर्स (जीएम)लाई पछाडि पारिसकेको छ । उसले डिसेम्बरदेखि एसयूभी, पिकअपलगायतको डिजाइन र उत्पादन सुरु गर्दै छ । सन् २०२३ देखि डेलिभरी सुरु गर्ने कम्पनीको लक्ष्य छ । रिभियन सन् २००९ मा स्थापना भएको कम्पनी हो । सुरुमा यो मेनस्ट्रिम मोटर्स थियो । पछि सन् २०११ मा रिभियन बनेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- बैंकिङ प्रणालीमा २४ करोड निक्षेप पठाउँदै राष्ट्र बैंक
- बीमा कम्पनीहरूबाट एक खर्ब ४० अर्ब बीमाशुल्क सङ्कलन
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया