माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २३औं वार्षिक साधारणसभा गरेको छ । बैंकले शुक्रबार पोखराको होटल पोखरा ग्राण्डमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको आर्थिक वर्ष २०७७/०७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान बाडँफाँट, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरु पारित भएको छ । सभाले बैंकको आर्थिक वर्ष २०७७/०७८को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हालको चुक्ता पुँजीको १४ प्रतिशत लाभांश (शून्य दशमलव सात प्रतिशत नगद र १३ दशमलव ३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ । बैंकले गत आर्थिक वर्षमा एवं अर्ब ६० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पुँजी नौ अर्ब पाँच करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा दुई अर्ब ७० करोड रुपैयाँ सञ्चित छ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले एक सय ६२ वटा शाखाहरुलगायत एक सय ५४ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा तीन सय १६ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर दुई सयवटा एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया