२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै दराज ११.११ को नयाँ रेकर्ड
काठमाडौं । २४ घण्टाभित्र सात लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोडभन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ ।
अभियान सुरु भएको पहिलो घण्टामै छ करोडको उत्पादन बिक्री भएको जनाउँदै दराजले गत वर्षको पहिलो घण्टाको तुलनामा एक सय ३० प्रतिशतले बढी उत्पादन बिक्री भएको जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको छ । ११.११ मा बिक्री गर्ने हजारौँ व्यवसायहरूमध्ये, ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्री सुरु गरेका थिए । यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो ।
दराज समूहका सीईओ र संस्थापक बियार्के मिक्केलसेनले भने, ‘हामी यस नतिजाबाट खुसी छौँ । ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गर्दछ । यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलानबाट वृद्धि गर्न सक्छन भनेर पनि चित्रण गर्दछ ।’
पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना सात लजिस्टिक पार्टनर र एक हजारभन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देशभरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित रहने बताइएको छ । सेलको सफलताबारे बोल्दै, दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, ‘हामी हाम्रा सबै साझेदारहरूसँग यस्तो कीर्तिमान हासिल गर्न पाउँदा अत्यन्तै खुसी छौँ । ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा हो र यस्तो कीर्तिमानी अभियान आयोजना गर्न पाउनु हामी सबैको लागि गौरवको क्षण हो । अब हाम्रो सम्पूर्ण देश भरका हाम्रा ग्राहकहरूले सकेसम्म चाँडो अर्डरहरू प्राप्त गरुन भन्ने सुनिश्चित गर्नमा केन्द्रित छौँ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया