मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालबीच सहकार्य
काठमाडौं । मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीहरूको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन् । अन्य स्थानीय साझेदार संस्थासँगै ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका कर्मचारीहरूले खाद्य र आधारभूत सरसफाइका सामग्रीहरू कन्चनपुरका पूर्वहलियाहरू समेत मोरङ र सप्तरीका २५० परिवारलाई बाँड्नेछन् ।
मेटलाइफ फाउन्डेसनबाट प्राप्त करिब छ लाख रुपैयाँबाट उक्त परिवारहरूलाई ह्याबिट्याट फर ह्युम्यानिटीले दुई महिनाको लागि चामल, दाल, खानेतेल, नुनलगायत अन्य खाद्य सामग्रीहरू, मास्क, साबुन र अन्य सरसफाइका सामग्रीहरू बाँड्नेछन् । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ‘आश्रयको–लागि–खाना’ कार्यक्रमले कम गुणस्तरको आवाससम्बन्धी दीर्घकालीन विषयहरू समाधान गर्ने राष्ट्रिय रणनीतिलाई सहयोग गर्दछ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले सबैभन्दा विपन्न र सीमान्तकृत परिवारहरूलाई सुरक्षित आश्रय निर्माण गर्न र कोभिड–१९ ले पारेको तत्कालीन असर न्यूनीकरण गर्न खानाको पहुँच उपलब्ध गराउने व्यवस्था गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया