मध्य भोटेकोशी जलविद्युुत् र ग्लोबल आईएमई क्यापिटलबीच सम्झौता
काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले कम्पनीको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको यस कम्पनीको अधिकृत पुँजी छ अर्ब २१ करोड तथा जारी पुँजी छ अर्ब रुपैयाँ रहेको छ ।
सर्वसाधारण समूहतर्फ छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाहरू क्रमशः चिलिमे जलविद्युत् कम्पनी लि., नेपाल विद्युत् प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि. तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लि. र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई प्रथम चरणमा २४ प्रतिशत सेयर यसअघि नै निष्कासन गरी मिति २०७५/०९/०५ मा बाँडफाँट गरिसकिएको छ ।
बाँकी २५ प्रतिशत सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरूको लागि १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात् ९० करोडबराबरको सेयर हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया