बजार परिसूचक दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा
सातामा २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १५ दशमलव ६४ बिन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार दुई लाख ६१ हजार सात सय ७३ पटकको कारोबारमा तीन करोड ७८ लाख ४० हजार एक ४६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २० अर्ब ४५ करोड ९५ लाख ९२ हजार एक सय ८४ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै आठ अर्ब रुपैयाँले कम हो ।
गत भने साता धितोपत्र बजारमा दुई सय ३० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ३७ हजार चार सय ७६ पटकको कारोबारमा चार करोड ७९ लाख ७१ हजार एक ९२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ३८ लाख ३५ हजार आठ सय ७५ रुपैयाँ पुगेको थियो । यस साता नेप्से पाँच कार्य दिन नै खुलेकोमा पहिलो, तेस्रो र पाँचौँ कार्यदिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो र चौथो कार्यदिन सेयर बजार परिसूचक उकालो लागेको थियो ।
जसमध्ये पहिलो दिन बजार परिसूचक ११ दशमलव छ अंकले ओरालो लागेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने तीन दशमलव ७५ अंंकले ओरालो लागेर पाँच सय १८ दशमलव २५ बिन्दुमा झरेकोे थियो । दोस्रो दिन भने बजार परिसूचक सात दशमलव नौ अंकले उकालो लागेर दुई हजार सात सय ६५ दशमलव ४३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २१ अंंकले उकालो लागेर पाँच सय १९ दशमलव ४६ बिन्दुमा चढेकोे थियो ।
तेस्रो दिन भने बजार परिसूचक पुन ३२ दशमलव ३१ अंकले ओरालो लागेर दुई हजार सात सय ३३ दशमलव १२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंंकले ओरालो लागेर पाँच सय १५ दशमलव ४८ बिन्दुमा झरेको थियो । चौथो दिन भने बजार परिसूचक एक दशमलव ८९ अंकले उकालो लागेर दुई हजार सात सय ३५ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २९ अंंकले ओरालो लागेर पाँच सय २५ दशमलव ४४ बिन्दुमा झरेको थियो । पाँचौँ दिन भने बजार परिसूचक तीन दशमलव २२ अंकले ओरालो लागेर दुई हजार सात सय ३१ दशमलव ७८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ४५ बिन्दुले उकालो लागेर पाँच सय १५ दशमलव ६४ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल टेलिकम, नबिल, बैंक, महालक्ष्मी विकास बैंक, नेसनल हाइड्रोपावर कम्पनी अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिक, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया