‘निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउनुपर्छ’
पाल्पा । हरेक नेपालीहरुले अँगालिरहेको निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउनुपर्ने निर्धन उत्थान वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले बताएका छन् । उनले हरेक व्यक्तिमा असीमित क्षमता हुने भएकोले त्यसलाई अभ्यासमा रुपान्तरण गर्नसके देशको अर्थतन्त्र बलियो बन्ने बताए ।
पाल्पाको तानसेनमा व्यावसायिक च्याउ खेती तालिमको सुरुवात गर्दै पन्तले गरिबी निवारण, महिला सशक्तीकरण तथा घर–घरमा उद्योग स्थापना गर्ने उद्देश्यले निर्धनले काम गरिरहेको बताए । उनी भन्छन्, ‘नेपालका ६० लाख घरधुरीमा उद्योगी बनाउने हाम्रो लक्ष्य छ । विनाधितो ऋण प्रवाह गरी व्यक्ति तथा परिवारको आम्दानी वृद्धि गर्नेगरी काम गरिरहेका छौँ ।”
पाल्पाको तानसेनमा व्यावसायिक च्याउ खेती तालिमको सुरुवात गर्दै पन्तले गरिबी निवारण, महिला सशक्तीकरण तथा घर–घरमा उद्योग स्थापना गर्ने उद्देश्यले निर्धनले काम गरिरहेको बताए । उनी भन्छन्, ‘नेपालका ६० लाख घरधुरीमा उद्योगी बनाउने हाम्रो लक्ष्य छ । विनाधितो ऋण प्रवाह गरी व्यक्ति तथा परिवारको आम्दानी वृद्धि गर्नेगरी काम गरिरहेका छौँ ।
पन्त भन्छन्, आजको आवश्यकता भनेको उद्यमीको क्षमता र सम्भावनाअनुसार उचित सीप, स्रोत, साधन र बजारको पहुँच पु-याउनु नै महत्वपूर्ण कुरा हो । सदस्यहरुलाई स्वरोजगार बनाउने मात्र नभई उनीहरुको क्षमताअनुसार आवश्यक सीप, स्रोत र बजारको पहुँच पु-याउन उत्पादकत्व र आम्दानी वृद्धि गर्दै आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न सकिन्छ ।
नेपालकोे अर्थतन्त्र कृषिमा भर परेकोले कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेन नगरपालिकामा नगरप्रमुख अशोक कुमार शाहीले सुखी, समृद्ध र स्वावलम्बी बन्न उद्यमशीलता आवश्यक रहेको बताए । उनी भन्छन्, ‘ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनि छरिएर रहेका गरिब, विपन्न, असहाय, शोषित, उत्पीडित महिलाहरुको आर्थिक तथा सामाजिक विकास गर्नका सीपको विकास हुन आवश्यक छ ।
कार्यक्रममा वडाध्यक्ष लोचन प्रसाद तिमिल्सिना, निर्धन उत्थानका बाँसटारी शाखाप्रमुख अर्जुनप्रसाद खनाल तथा प्रशिक्षक मुकेश रामजाली नेपालीले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण तथा व्यवसायिकीकरण गर्नु आवश्यक रहेको बताएका थिए । स्थानीय स्रोत र साधनको सदुपयोग गरी तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न र लघु उद्यमी बन्नुपर्नेमा सहभागीको जोड थियो ।
निर्धनका २१ हजार समूहमा चार लाख महिला आबद्ध रहेका छन् । निर्धन उत्थानले एक सय ८१ शाखामार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया