नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । नेपाल बैंकले डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा शनिबारका दिन हिमालय मावि खोपासीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
पनौती नगरपालिका १० नं. वडा कार्यालयका वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए ।
विशिष्ट अतिथिको रूपमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, वरिष्ठ पत्रकार मधुसुधन गुरागाईँ, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनय केशरी पौड्याल, नेपाल बैंक मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरूलगायतका अतिथिहरूका साथै खोपासी आसपासका करिब तीन सयभन्दा बढी स्थानीय बासिन्दाहरू, व्यापारीहरू, व्यवसायीहरू तथा विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिका मेयर न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दाहरूलाई डिजिटल वित्तीय चेतना अभिवृद्धि गर्न डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेकोमा नेपाल बैंकलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै त्यस क्षेत्रका बासिन्दाहरूको वित्तीय आवश्यकता पूरा गर्न नेपाल बैंकले थप नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै जाने विश्वास पनि उनले व्यक्त गरे ।
त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै त्यस क्षेत्रका ग्राहकहरूले नेपाल बैंकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैंकको रूपमा रहेको नेपाल बैंकले ग्राहकको चाहनाअनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।
वरिष्ठ पत्रकार मधुसुधन गुरागाईं, नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाश कुमार अधिकारी, बागमती प्रादेशिक कार्यालय प्रमुख विनयकेशरी पौड्याललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले पनि आफ्नो विचार व्यक्त गरेको उक्त कार्यक्रममा बैंकका मार्केटिङ तथा अनुुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले डिजिटल बैंकिङको आवश्यकता, महत्व एवं यसका जोखिमहरूको बारेमा प्रकाश पारेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया