राष्ट्रिय वाणिज्य बैंक र ई–सेवा मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ई–सेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्तर्गत अब विदेशबाट ई–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरूबाट भुक्तानी हुनेछ । अब विदेशमा रहेका नेपालीहरूले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् र ई–सेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीहरूले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ ।
यसपछि मुलुकभरि तथा संसारका दुई सयभन्दा बढी मुलुकमा व्यापकरूपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ई–सेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरूले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् र आरबीबी स्मार्ट अर्थात् बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर ई–सेवा मनी ट्रान्सफरमार्फत नेपालभरि रहेका ई–सेवाका नेटवर्क माझ जहाँ पनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ई–सेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरि रहेका १० हजार प्लस ई–सेवा मनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरूबाट पनि भुक्तानी गर्न सकिनेछ । उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ई–सेवा मनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र बस्नेतलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय ४१ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया