‘खल्ती’ प्रयोगकर्ताको लागि वर्ल्डलिङ्कको १०० जीबी फ्रि वाइफाइ
काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर ल्याएको छ । यसअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले वर्ल्डलिङ्का १४ हजारभन्दा बढी हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको प्रयोग गर्न सक्नेछन् ।
१०० जीबी फ्रि वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ । रजिस्टर गरेपश्चात् ’खल्ती’ एपको ‘पपुलर सर्विसेस’मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाइफाइ’मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ ।
प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पुस २७ देखि माघ २६ सम्म लागू हुने कम्पनीले जनाएको छ । यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया