पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी स्थगित
काठमाडौं । नेपाल कृषि मेसिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्नेे भनिएको ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै मेला हाललाई स्थगित गरिएको जानकारी गराएको हो ।
पुस २७ गते बसेको मेला आयोजक मूल समितिको सिफारिसअनुसार कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेपछि गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि नगर्न निर्देशन दिएसँगै संघले प्रदर्शनी स्थगित गरेको हो । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ पौष २५ गतेको गृह मन्त्रालयको निर्देशन, जिल्ला प्रशासन कार्यालय, चितवनको मिति २०७८ पौष २६ गतेको आदेश र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति चितवनको भौतिक रुपमा २५ जनाभन्दा बढी उपस्थित भई सभा, सम्मेलन, मेला, प्रदर्शनी, जुलुसजस्ता कार्य गर्न रोक लगाउने निर्णयबमोजिम ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी–२०७८’ अर्को सूचना जारी नभएसम्म हाललाई स्थगन गरिएको छ ।’ कोभिड–१९ को जोखिम कम भएपछि यो प्रदर्शनी पुनः आयोजना गरिने संघले जनाएको छ ।
संघले माघ ५ गतेदेखि माघ ८ गतेसम्म चितवनको एक्स्पो सेन्टरमा प्रदर्शनी गर्ने तयारी गरेको थियो । यो प्रदर्शनीलाई नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना र संघले संयुक्त रुपमा आयोजना गरेका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
- आर्थिक प्रगति र समृद्धि सपना मात्रै
- नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
- सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
- वैदेशिक लगानीका लागि सरकारी प्रयासको प्रशंसा
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया