सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग
काठमाडौं, माघ २२
सेञ्चुरी कमर्सियल बैंकले मन्दिरलाई पानी ट्याङ्की सहयोग गरेको छ । बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफापानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांकी सहयोग गरेको हो । साथै बैंकले धामको नियमित सरसफाइको लागि उक्त धाममा आउने भक्तजनबाट सहयोगस्वरूप २० रूपैयाँ दरका पाँच हजार थानको टिकट पनि हस्तान्तरण गरेको छ ।
पानी ट्यांकी र टिकट बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरेका हुुन् । केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठूलो शिबलिङ हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम भएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया