सौर्य एयरलाइन्स प्रकरणमा राजस्व अनुसन्धान नै विवादित
काठमाडौँ । सौर्य एयरलाइन्सबाट फेला परेको अवैध ५० लाख रकमबारे छानविन गरिरहेको राजस्व अनुसन्धान विभाग नै विवादित बन्न पुगेको छ । केही समयअघि एयरलाइन्सबाट बरामद भएको उक्त रकम एयरलाइन्सका सञ्चालक एवं सुपारीका कारोबारी दिपक पोखरेलले आफ्नो कम्पनीको भएको भन्दै विभागलाई पत्र लेखेका थिए । सोही पत्रको आधारमा विभागले पोखरेललाई सफाइ दिन थालेपछि अनुसन्धान नै विवादमा परेको हो ।
एक एयरलाइन्सका सञ्चालकका अनुसार पछिल्लो समय कुनै पनि एयरलाइन्सले छ महिनासम्ममा पनि हवाइ टिकट बिक्रीबाट काउन्टरमा ५० लाख जम्मा गर्न सक्दैनन् । अहिले अत्यधिक मात्रामा अनलाइन टिकट बुकिङ हुने गरेकोले क्यास कारोबार नै हुन छाडेको उनले बताए । तर पोखरेलले अवैध रकमलाई वैध बनाउन एयरलाइन्सको सहारा लिएर राजस्व अनुसन्धानको सेटिङमै उन्मुक्ति पाउने योजना बनाएको स्रोतको दाबी छ । त्यसका लागि विभागका महानिर्देशक प्रकाश पौडेल नै सक्रिय भएका छन् ।
अवैध कारोवारमा संलग्न सौर्य एयरलाइन्सका सञ्चालक तथा सुपारी कारोबारी पोखरेललाई कारबाही प्रक्रिया अगाडि बढाउनुको साटो सरकार आफैँ नै पोखरेलाई नै फाइदा हुनेगरी सुपारी आयात कोटा खुलाउन लागेको स्रोतको दाबी छ । स्रोतका अनुसार उद्योग मन्त्रालयले पाँच अर्बको सुपारी तेस्रो मुलुकबाट आयातका लागि प्रस्ताव अघि बढाएको छ । त्यसका लागि पोखरेलले विराटनगरका सुपारी कारोबारी एवं सौर्य एयरलाइन्सकै अर्का सञ्चालक दिनेश राठीलाई आफ्नो सम्पर्कमा बस्न र गोप्यरूपमा काम अगाडि बढाउन निर्देशन दिएका छन् । पोखरेल भने राजस्व अनुसन्धानमा बयान दिएपछि बृन्दावन र हरिद्वारको तीर्थ भ्रमणमा निस्किएका छन् ।
उक्त प्रकरण मत्थर बनाउन विभाग र महानिर्देशक पौडेललाई हम्मेहम्मे परेको छ । अर्कोतिर पाँच अर्बको सुपारी आयातका लागि उद्योग विभागले सिफारिस समेत अघि बढाइसकेको र मन्त्रिपरिषद्मा लगेर चाँडै पारित गर्ने योजनामा सरकार पुगेको छ । अहिले उद्योग मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैँसँग भएका कारण पनि उक्त प्रस्ताव सहजै पास हुनेमा सुपारी कारोबारी विश्वस्त छन् । व्यापारीले प्रधानमन्त्री निवास र प्रधानमन्त्री कार्यालयबाटै सुपारीको लाइन खुलाउन दबाब दिँदै आएका छन् । अहिले त्यसको संयोजन विराटनगरका सुपारी व्यवसायी दिनेश राठीले गरेको बताइन्छ ।
औद्योगिक कच्चा पदार्थ आयात भनेर सुपारीको आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गरेका छन् । सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेरै आयात खुलाउने प्रयास समेत गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया