आँधिखोला लघुवित्तको पाँचौँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः केसी चयन
स्याङ्जा । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौँ वार्षिक साधारणसभा शुक्रबार वालिङ स्याङजामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।
सभाले लेखा परिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–७८ को वासलत, नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचीहरुउपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए । सभाले राष्ट्र बैंकको स्वीकृतिबमोजिम २० प्रतिशत बोनस सेयर स्वीकृत गरेको बताइएको छ ।
सभावाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव बाबुराम कुँवरले बताएका छन् । सभापछिको बैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको जनाइएको छ । साधारणसभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । स्वागतमन्तव्य सञ्चालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन सञ्चालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव बाबुराम कुँवरले गरेका थिए ।
संस्थाले हाल ११ जिल्लामा १९ कार्यालयमार्फत २ प्रदेशमा सेवा सञ्चालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरि लघुवित्त वित्तीय संस्थासँग गरेको मर्जर प्रक्रिया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया