राष्ट्रियस्तरका आठ विकास बैंकले छ महिनामा कमाए तीन अर्ब २० करोड
काठमाडौं । राष्ट्रियस्तरका आठ विकास बैंकहरुले कुल तीन अर्ब २० करोड १७ लाख ४८ हजार तीन सय ७० रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरुले कमाएको यो खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा ४६ करोड २२ लाख ६३ हजार रुपैयाँले बढी हो । बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा भने विकास बैंकहरुको यस्तो नाफा दुई अर्ब ७३ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको दोस्रो त्रैमासिकमा विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी अर्थात् ६० करोड २४ लाख छ हजार एक सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । मुक्तिनाथले कमाएको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा केही कम भए पनि अन्य बैंकहरुको तुलनामा भने बढी हो । गत आवको सोही अवधिमा मुक्तिनाथको यस्तो नाफा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय रुपैयाँ रहेको थियो । खुद मुनाफा आर्जनमा गरिमा विकास बैंक भने दोस्रो स्थानमा परेको छ । गरिमाले चालू आवको दोस्रो त्रैमासिकमा ४९ करोड २९ लाख ५३ हजार नौ सय ५० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
खुद मुनाफा आर्जनमा तेस्रो स्थानमा परेको महालक्ष्मी विकास बैंकले भने चालू आवको दोस्रो त्रैमासिकमा ४५ करोड ६२ लाख ९२ हजार आठ सय रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ३४ करोड ६८ लाख ७१ हजार दुई सय ४० रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकले ३५ करोड १७ लाख ४४ हजार पाँच सय ८० रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने विकास बैंकहरुको सूचीमा चौथो स्थानमा परेको छ । गत आवको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा २६ करोड १८ लाख ८५ हजार तीन सय ९० रुपैयाँ रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिकमा शाइन रेसुंगा र ज्योति विकास बैंकले भने क्रमशः ३४ करोड ८८ लाख ३० हजार पाँच सय र ३४ करोड ४० लाख १६ हजार एक सय ३० रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा २६ करोड ११ लाख ११ हजार नौ सय २० रुपैयाँ र ३० करोड ५५ लाख ९९ हजार छ सय ८० रुपैयाँ रहेको थियो । यसैगरी कामना सेवा विकास बैंक र साँग्रिला डेभलपमेन्ट बैकले पनि चालू आवको दोस्रो त्रैमासिकमा क्रमशः ३४ करोड ३६ लाख ८१ हजार सात सय ५० रुपैयाँ र २६ करोड १८ लाख २२ हजार चार सय ७० रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा ३९ करोड ४७ हजार सात सय ५० र १६ करोड ४८ लाख पाँच हजार एक सय ५० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया