एनआईसी एसिया र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं, माघ २३
एनआईसी एसिया बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । एनआईसी एसिया बैंकको विभिन्न डिजिटल भुक्तानी सेवाहरूको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरी उक्त सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिँदै आइरहेकोमा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरू थप लाभान्वित हुने भएका छन्् । सम्झौताअनुसार सूर्या लाइफका ग्राहकहरूले यस बैंकका क्यूआर कोड, कार्ड पस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङलगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरूको प्रयोग गरि रकम भुक्तानी गर्न सकिनेछ ।
सम्झौतापश्चात् सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनुहुनेछ भने भीडरहित र सरल सेवा पनि प्राप्त गर्न सक्नेछन् । साथै, आगामी दिनहरूमा बैंकले सञ्चालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवेलगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई उपलब्ध गराइनेछ । विश्वमा बैंकहरूले डिजिटल सेवालाई जोड दिइरहेकोमा एनआइसी एसियाले पनि यसै गरी डिजिटल भुक्तानीलाई बढाउँदै लानेछ ।
बैंकले हाल सबै क्षेत्रमा गरी तीन सय १३ शाखा कार्यालयहरू, चार सय ४१ एटीएम, एक सय चारवटा एक्स्टेन्सन काउन्टर एवं ४८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहको साथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया