काठमाडौं, माघ २३
प्रभुु बैंकले एकैसाथ तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैकले आफ्नो शाखा सञ्जालसहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ तीनवटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो । बुधबारका पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचनले एक समारोहका बीच उद्घाटन गरेका हुुन् ।
पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर तामाङले एक समारोहका बीच उद्घाटन गरेका हुुन् । त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घोचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका बीच उद्घाट्न गरेका हुुन् ।
पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरू उद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथिहरूले उद्घाटन मन्तव्य राख्ने क्रममा बैकले पोखरा महानगरपालिका आफ्नो थप तीनवटा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएर बैकिङ पहुँच विस्तार गर्दै सेवाग्राहीहरूलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ कारोबारलाई अझै विस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरूले हरेक आर्थिक कारोबार बैकिङ प्रणालीमार्फत गर्नुपर्ने समय आएको बताए ।
पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप तीनवटा शाखा कार्यालयहरूसँगै अब प्रभु बैंकको शाखा कार्यालय संख्या दुुई सय आठ पुगेको छ भने हालसम्म बैंकले एक सय ५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउन्टरहरूको सञ्जालसहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरूलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । बुुधबारदेखि सञ्चालनमा आएका प्रभु बैंकबाट पोखरा महानगरपालिकास्थित हरिचोक शाखा कार्यालय, अर्घोचोक शाखा कार्यालय र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया