मञ्जुश्री फाइनान्सको दोस्रो त्रैमासिक नाफा सात करोड ५३ लाख
काठमाडौं । मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ५३ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ११ करोड ३४ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासिकमा १० अर्ब ३५ करोड ४४ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ८२ करोड ८६ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा पाँच करोड ८५ लाख ४५ हजार रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने तीन दशमलव ९५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब ९१ करोड १७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २२ करोड ९४ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ३३ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव सात प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया